गुल्मीदरबार गाउँपालिका १ बलिथुम गुल्मीमा,मृगौला प्रत्यारोपणको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
दुई वटै मृगौला फेल भई, हाल गौतमबुद्घ अस्पताल बुटवलमा डाईग्लोसिस गराई रहेका गुल्मीदरबार गाउँपालिका १ बलिथुम गुल्मीका २५ बर्षिय अमर रासकोटीको मृगौला प्रत्यारोपणको लागि, स्थानिय,जुभुङ्गबासी,दुबैको साप कम्पनीमा कार्यरत स्थानिय युवा र गुल्मी समाज हंकङ्ग बाट संकलित रकम हस्तान्तरण गरिएको हो ।
मृगौला प्रत्यारोपणको लागि करिब १२ लाख रुपैया खर्च लाग्ने र करिब १२ लाख रुपैया सहयोग प्राप्त भएको पारिबरिक श्रोतले जानकारी गराएको छ । पछिल्लो पटक चैत्र १८ गते गुल्मी समाज हंकङ्ग बाट संकलित २ लाख, जुभुङ्गबासी बाट संकलित १ लाख १५ हजार, दुबैको साप कम्पनीमा कार्यरत स्थानिय युवा बाट संकलित ७४ हजार, मृगौला रोग बाट पिडित अमर रासकोटीको घरमै पुगि उनका पिता तमारजङ्ग रासकोटीलाई हस्तान्तरण गरिएको हो । संकलित रकम गुल्मी समाज हंकङ्गका अध्यक्ष तिलक गाहा, जुभुङ्गबासीको तर्फ बाट समाजसेबि कमल थापाले हस्तान्तरण गर्नु भएको थियो ।
सहयोग रकम हस्तान्तरणमा वडा अध्यक्ष राम बहादुर पल्लि,संचारकर्मी लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष पल्लिले बिरामिको छिटो उपचार गर्न सुझाउनु भएको थियो,वडाको तर्फ बाट सहयोगको लागि आवस्यक प्रक्रिया र सहयोग गर्ने बताउनु भयो । गुल्मी समाज हंकङ्गका अध्यक्ष तिलक गाहाले उपचारमा रकम नपुगे फेरि पनि सहयोग जुटाउने बताउनु भएको थियो गुल्मी समाज हंकङ्गले अहिले सम्म २५ जना मृगौला,क्यान्सर लगायतका बिरामिलाई उपचार सहयोग रकम हस्तान्तरण गरिसकेको बताउदै,बलिथुम दजाका अग्नी पिडित र गुल्मीकै बिभिन्न ठाउँका भुकम्प पिडितलाई पनि सहयोग गरेको बताउनु भयो । समाजसेबि कमल थापाले उपचारमा रकम नपुगे फेरि पनि सहयोग जुटाउने बताउनु भएको थियो स्थानिय क्लबहरुले पनि उपचारमा सहयोग गरेको पनि स्मरण गराउनु भएको थियो ।
बिरामि अमर रासकोटी परिवारका ४ छोरा छोरी मध्ये जेठा छोरा हुन् उनि बैदेशिक रोजगारि बाट फर्किएका हुन । सामान्य परिवारका उनको उपचारको लागि सहयोग देश बिदेश र स्थानियले गरेकोमा परिवारले आभार ब्यक्त गरेको पिता तमारजङ्ग रासकोटी बताए, मृगौला पिता तमारजङ्ग रासकोटीले दान गर्ने बताए ।