रुरु गाउँपालिका गुल्मीमा ६२ औ राष्ट्यि सहकारी दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । “दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी” भन्ने नाराका साथ, राष्ट्यि बचत तथा ऋण सहकारी रुरु ५ रानिबास गुल्मीको आयोजना र गाउँपालिकाको प्रबर्धनमा दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का उद्योग बन तथा वातावरण पर्यटन मन्त्री लिला गिरीले समाजवादका लागि सहकारी महत्वपुर्ण खम्बा भएकोले कमजोर र पातलो नहुने बताउनु भयो ।
बिगतमा झन्झटिलो कानुन भएकोले सहकारी अगाडी बढ्न नसकेकोमा, अब स्थानिय तहले सहकारीको बिकासको लागि आवश्यक ऐन नियम मार्फत अगाडी बढाउन सक्ने भएकोले अव सहकारीको प्रभावकारिता उल्यख्य रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो । अहिले स्थानिय तह प्रदेश सरकार र संघिय सरकारको काम प्रभावकारी नदेखिनुमा वर्तमान राजनैतिक अवस्था र सरकार एउटा पार्टी पछि अर्को पार्टीले चलाएको सरकार र राजनैतिक अवस्था नभइ एउटै व्यावस्थामै परिवर्तन भएकोले नयाँ ऐन कानुनको अभावमा त्यस्तो देखिएको बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथी प्रदेश सांसद कमलराज श्रेष्ठले ३ खम्बे अर्थ नितिमा सहकारी आन्दोलनमा व्यापक परिवर्तन जरुरी भएको बताउनु भयो । गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले सहकारी नारा र कुरामा नभइ व्यावहारमा हुनु पर्ने बताउनु भयो ।
रुरु गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले सहकारीको इतिहास बताउदै सामाजिक विकास र रुपान्तरणमा सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य हरी ज्ञवालीले बिषयगत सहकारीमा समस्या देखिए पनि बचत तथा ऋण सहकारी संस्थाले राम्रो गरेको बताउनु भयो ।
दिवसका अवसरमा उत्कृष्ट कृषकहरु सीता राना लेखनाथ गौतम युवराज ज्ञवाली कष्ण श्रेष्ठ चिरञ्जीवी ज्ञवाली भुपेन्द्र कडेल र शंकर पुजारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा १३ वटा सहकारीको सहभागीता रहेको थियो । रुरु गाउँपालिकामा बिभिन्न बिधाका ३० वटा सहकारीहरु क्रयासिल छन । हाल नेपालमा करिब ३४ हजार ५ सय १२ बढी सहकारीहरु सक्रिय छन । बसन्त क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन ईश्वरी ज्ञवालीले गर्नुभएको थियो ।