हावाहुरीबाट प्रभावित बारा र पर्साका पीडितहरुको लागि गुल्मीमा सहयोग सङकलन भएको छ । बारा र पर्साका हावाहुरी पीडितहरुको लागि गुल्मी उद्योग वाणिज्य संघले आर्थिक सहयोग सङकलन गरेको हो ।
सदरमुकाम तम्घासमा बारा र पर्सामा यहि चैत १७ गते आएको हावा–हुरीबाट भएका पीडितहरुको लागि उद्योग वाणिज्य संघ गुल्मीले स्थानीय व्यवसायीहरुबाट आर्थिक सहयोग सङकलन गरेको जनाएको छ ।
बारा र पर्साका हावाहुरीबाट प्रभावितहरुका लागि ८० हजार रुपैँया मुख्यमन्त्री राहत कोष प्रदेश नं। २ मा जम्मा गर्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।
तम्घासका स्थानीय व्यवसायीहरुबाट रु ६० हजार ८ सय ५५ रुपैँया सहयोग स्वरुप सङकलन भएको छ । बाँकी उद्योग वाणिज्य संघको कार्य समितिका पदाधिकारीहरुको व्यक्तिगत सहयोगमा रु १९ हजार १ सय ४५ रुपैँया सङ्कलन गरी मुख्यमन्त्री राहत कोष प्रदेश नं२ मा जम्मा गरीने अध्यक्ष भलामीले जानकारी दिनुभयो ।