प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त र व्यवस्थित बनाउने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीलाई कार्ययोजना अनुरुप कार्य सन्चालन गर्न निर्देशन समेत दिनुभएको छ ।
उहाले समुदाय र ट्राफिक प्रहरीको समन्वयले काठमाडौंको स्वरुप परिवर्तन गर्न सकिने भन्दै अब हरेक दिन सशक्त ढंगले व्यवस्थापनका लागि खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खनालले समुदाय र ट्राफिक प्रहरीको समन्वयमा तयार गरिएको कार्ययोजनाको शुभारम्भ गर्नुभएको छ ।
उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना हाल तीन महिनाका लागि सन्चालनमा ल्याइने र समय–सापेक्ष रुपमा यसलाई निरन्तरता दिइने जानकारी समेत दिनुभयो ।
कार्ययोजनामा लेन तथा जेब्राक्रसिङको व्यवस्थापन, वाग्मती करिडोरमा अन्डरपास खोल्ने, फुटपाथ अतिक्रमण रोक्ने लगायतका ९ विषय उल्लेख छन् ।
उहाँले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न पनि ट्राफिक प्रहरीहरुलाई पुनः सचेत गराउनुभएको छ ।