फिफा वरियतामा नेपाल थयास्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यसअघिको आफ्नो स्थानमा कायम छ । नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ ।
अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमा नै रहेको थियो । नेपालले हालै कुवेतसँग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसको एक खेलमा नेपालले हार र एक खेलमा बराबरी गरेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेको छ । विश्व वरियतामा क्रमशः बेल्जियम शीर्ष, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ ।