तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बिच गत जेठमा पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका ७ मल्म बागलुङको पार्टी एकता पछि प्रथम वडा भेला आज सम्पन्न भएको छ ।
भेलाले ललित मरासिनीको अध्यक्षतामा २९ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी चयन गरेको छ । समितिको सचिवमा हुम बहादुर बस्नेत रहनुभएको छ । त्यस्तै भेलाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगर कमिटीमा छुम बहादुर थापा, डिल बहादुर परियार, टोप बहादुर थापा, जमुना दर्जी र ज्ञान बहादुर थापालाई सिफारिस गरेको छ ।
भेलामा पार्टीलाई थप शसक्त बनाउने, संगठन सुदृढिकरण, जनताको समृद्वि र विकासमा खेल्नुपर्ने भुमिका, विकास निर्माण लगायतका विषयमा अन्तरकृया गरिएको थियो । भेलामा नेपाल कम्युनिष्ट नेकपाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । भेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा संयन्त्र सदस्य छुम बहादुर थापाको अध्यक्षता र वडा संयन्त्र सदस्य हुम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।