चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ ।
पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ ।
त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर पालुङ्गो छ्यापी सूप लगायतका हरियोपरियो तरकारीको स्वाद क्रमशः समाप्त हुँदै जान्छ भन्ने मान्यता रही आएको छ ।