कपिलबस्तुको बाणगंगा नगरपालिका, ४ झुंगामा भएको अनिता पौडेलको हत्यामा आफ्नै श्रीमान र भिनाजुको संलग्नता रहेको खुलेको छ । गत फाल्गुण ११ गते मध्यरातमा निवासमै पौडेलको हत्या भएको थियो ।
हत्यामा अनिताका श्रीमान बाबुराम पौडेल, भिनाजु श्रीहरि गौतम सहित गुनाखर अधिकारीको संलग्नता रहेको कपिलबस्तु प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ । प्रहरीका अनुसार अनितालाई पारिवारिक विवाद र सम्पत्तीका कारण नै हत्या गरिएको हो । भिनाजुसँग मृतकका ससुराले घर बनाउन १४ लाख ऋण सापटी लिएका र मृतक अनिताका श्रीमान श्रीमतिबीच बिगत ५ वर्षदेखि अंश मुद्धा चलिरहेकोले पनि पारिवारिक विवाद र सम्पत्तीका कारण नै हत्या भएको कपिलबस्तुका प्रहरी प्रमूख अच्युतम पुडासैनीले बताउनुभयो ।
हत्यामा संलग्न अधिकारी रुपन्देही देवदह नगरपालिका, ३ चरङगे निवासी रहेको प्रहरीले जनाएको छ । उनी रुपन्देही कारागार र रामेछाप काराकारमा करिब ४ बर्ष कैद भुक्तान गरि घर फर्केको बुझिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई प्रहरीले चैत्र २१ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतक अनिताका ८ बर्षिय छोरा र १० बर्षिया छोरी छन् ।
भुपाल थापा कपिलबस्तु