गुल्मी महोत्सवमा कलाकारहरुले बिभिन्न प्रस्तुति दिएका छन । मेला महोत्सवमा प्राय कलाकारहरुले माया प्रेमका गीत गाएर दर्शकलाई मनोरञ्जन दिने गर्दछन् । दर्शकहरुको पनि चाहना गायकले गाएर चर्चामा रहेका गीतहरु गाइदिए हुन्थ्यो भन्ने हुन्छ ।
कतिपय गीतहरु यस्ता पनि हुन्छन् जसले समाज सकरात्मक सन्देश पनि दिन्छन् । समाज परिर्वतनमा भूमिका खेल्छन् । गीत एउटा यस्तो माध्यम बनेको छ गीतले नै देशका र सुन्ने श्रोताका भित्रका मनोभावलाई बाहिर ल्याउने काम गरेको पनि छ ।
कालाकाहरु पनि देशको परिस्थितिलाई जस्ताको तस्तै गरि गीत ल्याउने गर्नाले पनि समाज केहि उठेक बिकृतिलाई रोक्न खबदारी गर्न मद्दत पनि गरेका हुन्छन् । कलाकारहरु धेरै ठाउँमा हुने कार्यक्रमहरुमा दर्शकहरुकै चाहना अनुसार गीतहरु गाएर मनोरञ्जन दिने गर्दछन् । गीत सुनेर मनोरञ्जनसँगै परिर्वतनका स्वरहरु पनि बेला बखतमा आउने गर्दछन् ।
तर शनिबार गुल्मी महोत्सवमा महोत्सवमा एक गायकले फरक प्रस्तुतिबाट सुरु गरेका थिए । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेदेखि ३० गते सम्म सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलाको कार्यक्रममा गायिक मञ्जु पौडेल, शान्तीश्री परियारले दर्शकलाई निकै रमाइलो प्रस्तुतिमा रमाएका दर्शकलाई देश भत्तिपूर्ण गीतबाट पनि रमाइलो प्रदान गरेका थिए ।
आइतवारको कार्यक्रममा पशुपति शर्मा मञ्जु पौडेल उज्जवल गिरी तिलक बस्नेत रितु थापा निर्मला थापा लगायतका कालाकारहरुले प्रस्तुति दिइरहेका छन । गुल्मीमा गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गते महोत्सव सञ्चालन भएको छ ।
महोत्सव चैत्र ३० गते सम्म चल्नेछ मेलामा २३० वटा स्टल रहेका छन् । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने गरेको छ । महोत्सव तम्घासको चिदिचौर खेल मैदानमा संचालन भइरहेको छ । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी सुन्तला तरकारी माहुरी च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले बताउनुभयो । महोत्सव ३० गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।