शिवलाल सुवेदी गुल्मी २६ चैत्र
प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले खानेपानी, सडक, सिचाई तथा आवास निमार्णका काममा वजेटको अभाव नहुने बताएका छन । रेसुङ्गा नगरपालिकाले आयोजना कार्यक्रममा वौल्दै चौधरीले प्रदेश नम्वर ५ भित्र खानेपानी, सडक, सिचाई र जनता आवास जस्ता विकास निमार्णका काममा वजेटको कुनै समस्या नहुने बताएका हुन ।
गुल्मी जिल्लामा अहिले पनि खानेपानी, सडक, सिचाईका सयौ योजनाहरुमा प्रदेश सरकारको सहयोग रहेको भन्दै मन्त्री चौधरीले केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार जतावाट भएपनि विकास निमार्णका कामहरु समयमै सम्पन्न हुने बताए ।
प्रदशे भित्र रहेका कुन सडक केन्दीय सरकारले हेर्ने कुन प्रदेश सरकारले हेर्ने र कुन स्थानीय सरकाले हेर्ने भन्ने टुङ्गो छिट्टै लाग्ने बताए । भौतिक मन्त्रालय अन्र्तगतका खानेपानी, सडक जस्ता महत्वपूर्ण केही कार्यालयहरु सिमित जिल्लाहरुमा मात्र भएकाले काम गर्न केही अ¥ठारो परेको भन्दै उनले १२ वटै जिल्लामा खानेपानी र सडक कार्यालय स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, वडाअध्यक्षहरु पदम अर्याल, अखिलेश्वर प्रसाद पाण्डे लगायतले रेसुङ्गा नगरपालिकामा रहेको खानेपानीको समस्या तथा सडक मापदण्डका वारेमा जानकारी गराएका थिए ।
मन्त्रीद्धारा कार्यालयको छड्के
प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले आफ्ना कार्यालयको छडके अनुगमन गरेका छन । प्रदेश सरकारका अन्र्तगत आफ्नो मन्त्रालय मातहत गुल्मीमा रहेका खानेपानी, सिचांई लगायतका कार्यालयको मन्त्री चौधरीले छडके अनुगमन गरेका हुन ।
उनले कार्यालयहरुको छडके अनुगमन गदै सेवा प्रवाह र कार्यालयहरुको कामको प्रगति समेतको वारेमा जानकारी लिएका छन । उनले प्रदशे सरकारवाट विनियोजित योजनाहरुलाई समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन समेत गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
साथै मन्त्री चौधरीले मगंलवार नै रेसुङ्गा नगरपालिका वडा नम्बर ५ र ६ का खानेपानी योजना तथा इस्मा गाउँपालिकामा प्रदेश सरकारवाट सञ्चालित योजनाहरुको समेत अनुगमन गरेका छन ।