गुल्मीमा खोलाले बगाएको दुई दिनपछि एक ब्यक्ति मृत फेला परेका छन्।
मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–५ लम्घरा फोक्सिङका ६५ वर्षीय खडानन्द क्षत्री रहेको वडा नम्बर ५ का अध्यक्ष थम्मनसिंह आलेले जानकारी दिनुभयो।
उनलाई गत सोमबार चालिसे छहरा खोलाले बगाएर बेपत्ता बनाएको थियो।
उनको शब करिब तीन किलोमिटर तल पुर्तिघाटको खोलामा बुधवार फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।