मुसिकोट माबी मुसिकोट नगरपालिका ४ बडागाउ गुल्मीको ६४ औ वार्सिक उत्सब सम्पन्न भएको छ । प्रमुख अतिथि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिष्टले शिक्षा नागरिकको अधिकार भएपनी बिद्यालय संचालन गर्न चन्दा संकलन गर्नुपर्ने बिडम्बना समाजमा रहेको बताए । उनले सरकारको तर्फबाट शिक्षाको क्षेत्रमा केही नयाँ योजना समेटिएको भएपनी जनताको साथ, समर्थन र सहयोग बिना समृद्ध नेपाल निर्माण असम्भव रहेको बताए ।
मन्त्री बिष्टले बिद्यालयलाई १० लाख ५७ हजार आठ सय ६० रुपैयाँ नगद र एक लाख १० हजार बराबरको जग्गा प्रदान गर्ने चन्दादाता बालकुमारी कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
कार्कीले आमा भागिरथी थापाको सम्झनामा नगद तथा जग्गा प्रदान गरेकी हुन । चन्दादाता कार्कीलाई सम्मान गर्दै मन्त्री बिष्टले सामाजिक रुपान्तरणमा यस्ता ब्यक्तीहरुको भुमिका अतुलनीय भएकाले आफुले शब्दमा व्यक्त गर्न नसक्ने बताए ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले शिक्षाको क्षेत्रमा धेरै खाले समस्या भएकाले बिस्तारै पूरा गर्ने चरण रहेको बताए । उनले अबको शिक्षा कृषि र प्राबिधिक भएकाले आफुहरु योजनाका साथ अगाडी बढी रहेको बताए ।
बिद्यालयले बार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता समेत सम्पन्न गरेको छ ।
प्रतियोगीतामा ११ समुहको सहभागीता रहेको थियो । ६ समुह सेमिफाइनमा प्रवेश गरेका थिए । खेल प्राबी स्तरीय चित्रकला प्रतियोगितामा सरिता नेपाली प्रथम, प्रबिन बिक द्वितीय, शौगात शर्मा तृतीय र दिप्शन कुवर शान्त्वाना भएको थापाले बताए ।
त्यस्तै निमावि स्तरिय चित्रकला प्रतियोगीतामा पवन थापा प्रथम, सुजन राककोटी द्धतिय, ओसन बगाले तृतिय र सुरेश बरम्ले सान्त्वना भएका छन् ।
मावि तर्फ नविन थापा प्रथम, एञ्जल गौतम द्धतिय, प्रकाश सतुङ्गे तृतिय र सन्दिप जिसी सान्त्वना भएका छन् । सटफुटमा हिमाल बगाले मगर प्रथम तथा सागर शाह द्धतिय भए । कुर्ची दौडमा सिता बगाले प्रथम र अनिता शर्मा द्धतिय भएको बिद्यालयले जनाएको छ ।
बिद्यालयको तर्फबाट बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चिना बहादुर सिंहले मन्त्री बिष्टलाई बिद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए ।