सुरेश थापा बैसाख– ४, खैरेनी गुल्मी
गुल्मी मा झाडा पखालाको प्रकोप बढेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ चिदिपानीमा झाडा पखालाको प्रकोप फैलिएको हो ।
एकै साथ १४ जनाको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
हिजो दिउसो मेला गएको बेला बोइलर कुखुराको मासु र बन्दा गोबोको अचार खाएका १४ जना मध्ये ९ जनालाई हिजो राती नै उपचारमा ल्याईएको थियो भने ५ जनालाई आज उपचारको लागि भर्ना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुनील ज्ञवालीले बताउनु भयो ।
फूट पोइजनका कारण झाडा पखाला मच्चिएको र उपचारमा आएका विरामी नियन्त्रण भित्र रहेको डा. ज्ञवालीको भनाई रहेको छ । स्थानिय स्रोतका अनुसार बिरामीको संख्या बढन सक्ने बताईएको छ । मासु सेवन गरे लगत्तै झाडा पखाला लागेको उपचारमा रहेकी सिता सुनारले बताएकी छन् ।