पाल्पामा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रम्भादेवि गाउँपालिका–३ , देउराली भन्ने स्थानमा लु १ ज १७८६ नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ । उनको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलेङ्ग भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण सापकोटाले जानकारी दिनुभएको छ ।