श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । विस्फोटमा परि १ सय ८५ जना भन्दा धेरैको ज्यान गएको छ । बिस्फोटमा परि ४ सय भन्दा बढि घाइते भएका छन्
बिस्फोट कसले किन गरायो भन्ने प्रष्ट भएको छैन । तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने धेरैको शब अस्पतालमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
श्रीलंकामा भएका डेढ सय सर्वसाधारणको ज्यान जानेगरी भएको श्रृंखलाबद्ध बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
यसैबिच आइतबार बिहान श्रीलंकाको राजधानी कोलम्बोलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्फोटनको घटनालाई लिएर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेका हुन्।
निर्दोष सर्वसाधारणको मृत्यु हुनेगरी भएका श्रृंखलाबद्ध बम आक्रमणले अत्यत्न दुखित बनाएको उनले उल्लेख गरेका छन्।
उनले मृतकका आफन्तप्रति गहिरो समवेदन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।