टोपलाल अर्याल
गुल्मी, ८ बैशाख
स्वास्थ्यचौकीमा ल्यासत्यवति गाउँपालिका वडा नं ४ लिम्घा स्वास्थ्यचौकीमा ल्याव सेवा संचालनमा आएको छ । ल्याव सेवाको सत्यवति गाउँपालकाका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गरे ।
सेवा शुभारम्भ गर्दै ढकालले मानिसले विकट गाउँमा स्तरिय ल्याव सेवा पाउँदा लिम्घेली नागरिकसंगै आफु अत्यन्तै खुसी भएको बताए । उनले सत्यवति गाउँपालिका पनि कृषिसंगै नागरिकको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा संबेदनशिल भएर अगाढी बढ्ेको बताए ।
उनले ल्याव संचालन गर्ने र स्वास्थ्यचौकीको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय युवा समाजसेवि हुम बहादुर पल्ली र ५५ हजारको माइक्रोसकप प्रदान गर्ने प्रविण केसीलाई धन्यवाद दिए । लिम्घा स्वास्थ्यचौकीमा ल्याव सेवा संचालन गर्न पल्लीले डेढ लाखको सामग्री प्रदान गरेका छन् । उनले आफुले प्रदान गरेको सामग्रीको प्रयोग मार्फत स्थानीयले सेवा पाए आगामी दिनमा थप सहयोग गर्न सकिने बताए ।
उनले गत बर्ष स्वास्थ्यचौकी भवन निर्माणको लागि तीन रोपनी जग्गा र एक लाख २० हजार नगदन प्रदान गरेको वडाध्यक्ष दान बहादुर रानाले बताए । भर्खरै संचालन भएको ल्याव सेवा मार्फत सिबिआर, व्लड ग्रुप, सुगर, युरिक एसिड, जण्डिस, बाथ, एच.आइ.भी, हेपाटाइटिस, टाइफाइड, दिसा र पिसाब परिक्षण गर्न सकिने जुहाङ्ग प्राथमिक स्वास्थ्यचौकीका ल्याव टेक्निसियन खिमलाल पाण्डेयले जानकारी दिए ।
यता सत्यवति गाउँपालिका ४ लिम्घामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना तथा लिम्घेली युवा क्लवको सहआयोजना र सत्यवति गाउँपालिका साथै युवा समाजसेवी हुम बहादुर पल्लीको सहयोगमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा ५८ जना पुरुष र एक सय ८६ जना महिला गरि दुई सय ४४ जनाले सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे ५९ जनाले, इसिजी २० जनाले र ल्याव सेवा ३३ जनाले लिएको स्वास्थ्यचौकी इन्चार्ज बिशाल कुवंरले बताए ।
शिविरमा डाक्टर कपिल गौतम, सोफिया थापा, बिशाल पन्थी, सुनिता ज्ञवाली लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
लिम्घाका नागरिकहरुलाई सदरमुकाम र शहरको सेवा गाउँमै पु¥याउन पछिल्ला बर्षहरुमा स्वास्थ्य शिविरहरुको आयोजना गरिएको हो । शिविरमा औषधी समेत निशुल्क वितरण गरिएको छ ।