गुल्मी- मुसिकोट नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ कप वडा स्तरीय भलिवल प्रतियोगिता वामीटक्सारमा सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले खेल क्षेत्रको विकास गर्न नगरपालिका सधै तत्पर रहेको बताउदै खेल जीवनसँग जोडिएकोले खेलाडीले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
साथै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं। ७ का वडाअध्यक्ष प्रकाश काफ्ले, वडा नं। ८ का वडाअध्यक्ष नारायण सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित विहिवार देखि शुरु गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका सबै वडाबाट गरि २३ समूहको सहभागिता रहेको थियो ।
सम्पन्न भलिवल प्रतियोगताबाट मुसिकोट नगरपालिका १ गुल्मीले ५० हजार रुपैँया, ट्रफी मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ । मुसिकोट नगरपालिका ८ गुल्मीले ३० हजार रुपैंया ट्रफी, मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।
यस्तै तृतीय पुरस्कार भने मुसिकोट नगरपलिका ६ ले हात पार्न सफल भयो । तृतीय पुरस्कारस्वरुप ६ नम्बर वडाले नगद २० हजार रुपैँया, ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो ।
साथै भलिवल खेलमा मुनपा १का खेलाडी राजेश कँुवरले उत्कृष्ट स्पाइकर घोषित भएका छन् भने सोही वडाका खेलाडी कृष्ण प्रताप केसीले उत्कृष्ट ब्लकरको रुपमा घोषित भएका छन् यस्तै मुनपा ५का खेलाडी कृष्ण परियार उत्कृष्ट लिफ्टर घोषित भएका छन् ।
साथै मुनपा ८ का खेलाडी सन्दिप विक उत्कृष्ट खेलाडी घोषित भएका छन् भने उत्कृष्ट डिफेण्डरको पुरस्कार भने मुनपा ४ का खेलाडी कृष्ण दर्लामीले आफ्नो पोल्टामा पार्न सफल भए । मुनपा ६ का खेलाडी सन्दिप भर्ताल अनुशासित खेलाडी घोषित भएका छन् । विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडहिरुलाई टफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीका अध्यक्ष नविन कक्षापतिको अध्यक्षता मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।