प्रेम सुनार
बुटवल , बैशाख–११ सरकारले विकासको जग निर्माण भई सकेको र अव विकासले गति लिन थालेको उदघोष गरि रहँदा गुल्मीको सदरमुकाम तम्घासस्थित एक सडक खण्डको साढे दुई किलो मिटर मोटरबाट टेण्डर भएको ५ बर्ष नाघि सक्दा पनि पिच हुन सकेको छैन ।
चाँडै नै पिच भई सक्नुको साटो बरु वर्तमान सरकारले उक्त सडक बहुबर्षिय योजनाबाट ‘सिज ’ गरेको छ । तम्घास खाम्सेपानी नयाँगाउँ पुर्कोट हुँदै प्युठान जोड्ने सडक खण्ड अन्तर्गत तम्घास सिस्ने सम्म साढे दुई किलो मिटर बाटो पिच गर्नका लागि २०७१ साल माघमा ११ करोड लागतमा टेण्डर भएको थियो ।
‘ लोहनी कन्ट्रक्सनलाई परेको उक्त टेण्डरको काम ग्रावेलिङ्गमा मात्रै सिमित छ, –‘नेपाली कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थीले भने–‘ बहुबर्षिय योजनामा रहेको उक्त सडक वर्तमान सरकारले पिच होईन , बहुबर्षिय योजनाबाटै ‘सिज’ गरि दियो , हटाई दियो । ’
तम्घास देखि करिव ४० किलो मिटर लामो उक्त सडक सम्पन्न हुन सके गुल्मी देखि प्युठान सम्मका हजारौ जनता लाभान्वित हुने छन । सचिव पन्थीले उक्त सडक सहित अहिलेको सरकारले अन्य दर्जनौ बहुबर्षिय योजनाबाट पुर्वग्रहरी ढंगले हटाएको आरोप लगाए ।
मदन भण्डारी राजमार्ग परियोजना गुल्मीका प्रमुख राजेश महार्जनले भने संघिय सरकारद्धारा बहुबर्षिय योजनाबाट हटेका मध्ये १० वटा सडक निर्माण कार्यको जिम्मा प्रदेश सरकारले लिई सकेको र अब छिट्टै काम सुचारु हुने बताए ।