गुल्मीको रुरु गाउपालीका भित्रका सामुदायिक बिद्यालयहरु आजबाट बन्द भएका छन ।
रुरु गाउपालीका भित्रका बिद्यार्थि सगंठन अनेरास्ववियु र अनेरास्वीयु क्रान्तीकारीले सामुदायिक बिद्यालयहरु बन्दको आह्वान गरेको हो ।
बिद्याथीै सगंठनले गाउपालिका भित्रकौ शैक्षिक गुणस्तर दिनप्रतिदिन घट्दै गएको,साम्दायिक बिद्यालयहरु निजि बिद्यालयको तुलनामा खस्कदै गएको आरोप लगाउदै बन्द आह्वान गरेका छन ।
पालिका भित्रका जनप्रतिनिधि ,सरकारी शिक्षक ,सरकारी सेवा उपभोग गर्ने व्यक्तिहरुले सामुदायिक बिद्यालयलाई भन्दा निजि बिद्याललाई प्राथमिकता दिएको उनिहरुको आरोप छ ।
जवसम्म सरकारी कर्मचारीहरुले आफ्ना बालबच्चालाई सामुदायिक बिद्यालयमा भर्ना गर्दैनन तबसम्म गाउपालीका भित्रका सबै सामुदायिक बिद्यालयको पठनपाठन ठप्प पारिने श्रृङ्गगेश्वर बहुमुखी क्याम्पस रानिबास का स्वबियु सभापति किसन पाण्डेले जानकारी दिनुभएको छ ।
बिद्यालयहरु बन्दको आह्वान गरेको बिद्याथीै सगंठनले बिद्यालय सन्चालन गरेको पाइएमा बिद्यालयमा कुनै तोडफोडको घटना भएमा क्षतिको सगंठन जिम्मेवार नहुने जनाएको छ ।