अनिल खत्री
१२ बैशाख, गुल्मी – गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै संकट परेको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारिमा फैलिएको हो । झाडा पखालाबाट ५८ जना बिरामी परेका छन् भने ३ जनाको अबस्था गम्भीर रहेको छ ।
झाडा पखालाबाट बिरामी मध्ये गम्भीर अबस्थामा रहेकाको गुल्मी अस्पताल र अरु बिरामीको बिभिन्न स्थानमा उपचार भइरहेको स्थानिय हरि छन्तेलले बताए । सोमबार ४ जनाबाट फैलिएको झाडा पखाला बिहिबारसम्म माहमारीको रुपमा फैलिएको हो ।
दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्ध सम्म सयौजनालाई गत चार दिन देखि झाडा पखलाको माहमारीले सिङ्गो गाउँ नै संकट ग्रस्त बनेको स्थानिय हरि छन्तेलले बताउनुभयो । संक्रमण थप बढ्ने डरले दुई दिन देखि स्थानिय पशुपति निमावि समेत बन्द गरिएको छ ।

प्रभावित क्षेत्रमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको नेतृत्वमा जिल्ला अस्पतल गुल्मी, जनस्वास्थ्य कार्यालय गुल्मी, वामीटक्सारबाट स्वास्थ्यकर्मी आएर यस विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनालाई उपचार गरिरहेको मेयर सापकोटाले बताउनुभयो ।
केहिलाई अहिले गुल्मी अस्पताल तम्घास पठाउने तयारीमा रहेको सापकोटाले बताउनुभयो । उहाका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी छाडापखलाको माहमारीमा परेका हुन् ।
बिरामी मध्ये १ जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप ४ जनालाई पनि पठाउनु पर्ने देखिएको मेयर सापकोटाले बताए । सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।