गुल्मी बैशाख १२
चन्द्रकोट गाउपालीका गुल्मीले व्यवसायिक एवं आत्मनिर्भर कृषिको लागि गाउपालिका भित्रमा कृषकहरुलाई कृषि औजार बितरण गरेको छ ।
आर्थिक बर्ष २०७५ ७६ को बिनियोजित बजेटबाट ५० प्रतिशत अनुदानमा २० लाख रुपैया कृषि औजार बितरण गरिएको हो ।
प्रत्येक वडाका कृषक समुहलाई अनुदानमा ३४ वटा मिनिटिलर, ३ वटा पावर टेलर, १ वटा थे्रसर र १० वटा मकै छोडाउने मेसिन बितरण गरिएको हो ।
कार्यक्रममा गाउपालीका अध्यक्ष दो्रण खत्रि,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी,बिभिन्न वडाका वडा अध्यक्ष र कृषकको उल्लेखनिय सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष खत्रिले कृषि उपकरण र औजारको अधिकतम उपयोग गरि आत्मनिर्भर र आयआर्जनमा लाग्न कृषकहरुलाई प्रेरित गर्नुभएको थियो ।