काठमाण्डौ – नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो ।
पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो ।
अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गर्नुभएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको हो ।
उहाँ नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिनुहुन्छ ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्नुभएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो।
अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो। २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्नुभएको थियो ।
नेकपाका संस्थापक तथा नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेता अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कम्युनिष्ट पार्टीका विदेशी नेताहरुको स्मृतिमा जस्ता ठूला कार्यक्रमहरु भने गरेको छैन । तर देशैभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएको छ ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता जस्ता कार्यक्रमका कारण उहाँलाई पार्टी भन्दा बाहिरकाले पनि श्रद्धापुर्वक स्मरण गर्ने गर्दछन् ।
२०४६ को जनआन्दोलनका बेला नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष समेत बन्नु भएको थियो ।
अधिकारीको स्मृतिमा प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा लगायत कम्युनिष्ट नेताहरुले श्रद्धा सुमन व्यक्त गरेका छन्।