गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका(४ को दजाकोटमा दूषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।
झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताउनु भएको छ ।
बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताउनु भयो ।
गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएको हुनसक्ने बताउनु भयो । पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टोली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएको छ ।
झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएको एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीको समस्यामा परेका हुन् ।
गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
यसबाहेक नगरपालिकाले बिरामीहरुको उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताउनु भएको छ । अहिले प्रभावित बस्तीमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।