तिलाचन पाण्डे
बैशाख १६ , गुल्मी – रेसुंगा नगरपालिका गुल्मीले खरका छाना बिस्थापन गर्नका लागि १२ नं वडामा जस्ता पाता बितरण गरेको छ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत २९ घरधुरीहरुलाई रंगीन जस्तापाता बितरण गरेको छ ।
जस्तापाता बितरण गर्दै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जस्तापाता लिई घर नबनाई यसै दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको भन्दै एक महिना भित्रमा जस्ता लगाई सक्न आग्रह गर्नुभयो ।
यस्तै घरमा आर्थिक अबस्था कमजोर भएका ब्याक्त्तिहरुका लागि वडा बासीहरुले जनश्रमदान गरि सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै उपप्रमुख सीता भण्डारीले जस्तापाताको सहि सदुपयोग गर्न आग्रह गर्दै बिकासमा बिबाद नगरी सबै मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रmममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी लगायत कर्मचारीहरु , वडा सदस्यहरु कार्यपालिका सदस्य लगायत स्थानीय हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष कुल बहादुर टण्डननले बिकासमा राजनीति नभई सबै हातमा हात मिलाएर जान र आफलेू सधै बिकासमा सबैलाई समानरुपले हेरेको दाबी गर्नुभयो ।