आदर्श माध्यमिक बिद्यालय छत्रकोट गाउपालीका वडा नं ४ दिगाम गुल्मीले बस सेवा सुरु गरिेको छ ।
आज एक समारोहका बिच गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थले बिद्यालयको बस सेवाको उद्धघाटन गर्नुभएको हो । बिद्यालयको सेवा क्षेत्र टाढासम्म रहेको र स्थानिय प्राथमिक बिद्यालयमा बिद्यार्थी संख्या न्युन भएकाले बिद्यार्थिलाई एकिकृत गरि गुणस्तरिय शिक्षा प्रदान गर्न बिद्यालयले बस सेवा सुरु गरेको हो ।
बस खरिदको लागि गाउपालीकाले पुरस्कार स्वरुप एक लाख र अनुदान दश लाख गरि एघार लाख रुपैया प्रदान गरेको थियो । ४१ सिट क्षमताको बस बिद्यालयले करिब ३० लाख रुपैया भन्सार छुटमा खरिद गरेको हो । बाकी रकम चन्दा सहयोग र बिद्यालयले लगानी गरेको छ ।
समारोहको अध्यक्षता बिद्यालयका कार्यवाहक अध्यक्ष कोपिला पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारी,शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली,वडा नं. ४का वडाअध्यक्ष डिलाराम न्याउपानेले शुभकामना दिदै बस सेवा सिकाई उपलब्धी बृद्धिको लागी प्रयोग गर्न बिद्यालयलाई सुझाव दिनुभएको थियो ।कार्यक्रममा प्रधानाध्यपक गुणाकर ज्ञवालीले बिद्यालयको बारेमा र बस सेवाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम शिक्षक टकं पन्थको सन्चालनमा सम्पन्न भएको थियो ।