सुरेश थापा बैशाख २० खैरेनी
जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत स्वास्थ शिविर सुरु भएको छ ।
सत्यवती गाउँपालिका गुल्मीको आयोजना तथा जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा आजदेखि २ दिने बृहत स्वास्थ शिविर जोखैरेनीमा सुरु भएको हो ।

सत्यवतीगाउपालीका अध्यक्ष पारिश्वर ढकालको अध्यक्षतामा संपन्न भएको उद्घाटन सत्रमा सत्यवती गापा उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, वडा नं. ६ वडा अध्यक्ष विष्णु भण्डारी, वडा नं. ५ वडा अध्यक्ष ओम प्रकाश भण्डारी, इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख खुम बहादुर कुवँर लगायतको आतिथ्यता रहेको थियो ।
सत्यवती गाउपालीका स्वास्थ्य साखा प्रमुख सूय बहादुर राना को स्वागत मन्तव्यमा संपन्न भएको कार्यक्रममा डा शिला ढकालले शिविरको बारेमा जानकारी दिनुभएको थियो ।

शिविरमा नशा सम्वन्धि विशेषज्ञ डा.कृष्ण शर्मा, स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा सैजिव योन्जन डा ऋतु बानिया, डा. पूर्णिमा केशी डा शुनिल ज्ञवाली डा कपिल गौतम रेडियो लोजिस्ट यम गाहा लगायतको समुहले विरामीको स्वास्य परिक्षण तथा विरामीहरुलाई स्वास्थ सम्बन्धी परामर्श दिएका छन् ।