पदम खड्का गुल्मी,
गुल्मी जिल्ला उपल्लो तम्घास स्थित न्यु एभरग्रीन पार्टी प्यालेसमा च्याउ खेती सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । जिल्ला रेसुङा नगरपालिक १० सिमिचौर स्थित सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेड गुल्मीको आयोजनामा तालिम संपन्न भएको हो ।
गुल्मी जिल्ला र अर्घाखाँची जिल्लाका गरी १८ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो ।
चुलो चौकोमा मात्र व्यस्त हुने महिलाहरुलाई आफ्नो जीवन यापन गर्नको लागि सजिलो होस भन्ने हेतुका साथ तालिम संचालन गरिएकोे सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेड गुल्मी सिमिचौर शाखाका प्रमुख बिनोद पुडासैनीले बताउनु भयो ।
तालिममा सहभागी महिलाहरुले स्वदेशमै केही गर्न चाहेमा वैकले बिना धितो सामुहिक जवानी बसि आबश्यक कर्जा ब्यब्स्था गर्ने गुल्मी शाखाका प्रमुख पुडासैनीले जानाकारी दिनु भयो ।
२ दिन सम्म संचालन भएको तालिममा छत्रदेब गाउँ पालिका निबासी ३५ वार्षिय उषा दर्जिले मन्तव्य राख्दै आफुले सिकेका कुराहरुलाई व्यवाहारमा उर्ताने भन्दै तालिमको व्यवस्था मिलाएकोमा आयोजक सस्थालाइ धन्यवाद दिदै खुसी ब्यक्त गनर्’भयो । तालिममा सुरेश अधिकारी र नारायण प्रसाद लम्सालले प्रशिक्षण दिनु भएको थियो ।
नेपालमा रहेका ४१ शाखा मध्ये गुल्मिको तम्घासमा पहिलो पटक तालिम दिएको सस्थाका कर्मचारी पदम खड्काले बताए । तालिमको आज समापन गरिएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेड केन्द्रीय कार्यलयका कर्मचारी मनोज दानि रहनु भएको थियो ।
दुई दिन सम्म संचालन भएको तालिममा च्याउ खेती कसरि उत्पादन गर्ने ,को कस्लाई खाना मिल्छ ,च्याउ खेतिका फाइदा र बेफाइदा ,आर्थिक अबस्था कमजोर भएका ले पनि घरमै बसेर कसरी बनाउने लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका प्रमुख प्रशिक्षक सुरेश अधिकारीले बताए ।