भैरहवा ।
बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण बर्ष २०७६ को पुर्व सन्ध्यामा आज भैरहवामा प्रभातफेरी गरीएको छ ।
आगामी जेठ ४ गते परेको २५६३ औं बुद्ध जयन्तीको अवसरमा घोषणा हुन गईरहेको लुम्बिनी भ्रमण बर्षलाई सफल पार्न सिद्धार्थ होटल एशोसियसन, नेपाल ९सान० को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी सुरु गर्न देशका बिभिन्न स्थानमा जानेक्रममा आज बिहान भैरहवामा प्रभातफेरी निकालिएको हो ।
प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरीले उद्घाटन प्रभातफेरी तथा सडक प्रर्दशनीको शुभारम्भ गर्नु भएको थियो ।
प्रर्दशनीमा पन्चेबाजा सहित बुद्धत्व झल्किने रयाली, मायादेवीको प्रतिक समेत प्रदर्शन गरिने छ । कार्यक्रम अन्र्तगत भैरहवा पछि बुटवल, पाल्पाको तानसेन, स्यांग्जाको पुतलीबजार , कास्कीको पोखरा, तनहुंको दमौली र काठमाण्डौंमा सडक प्रदर्शनी हुनेछ ।
यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तत नारयणघाट, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी हुदै पुर्व मेची सम्म लुम्बिनी भ्रमण बर्षको प्रचारार्थ सडक प्रदर्शन हुने छ । यसैगरी तेस्रो चरणमा दांग, नेपालगन्ज, महेन्द्रनगर र सुर्खेतमा कार्यक्रम हुने छ ।
यसैगरी चौथो चरणमा भारतको कुशिनगर, बनारस र सारनाथमा सडक प्रदर्शन गरिने लुम्बिनी भ्रमण बर्ष मूल आयोजक समिती सदस्य समेत रहेका होटल एशोसियसन नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।