प्रेम सुनार
गुल्मी ।
गुल्मीको क्षेत्र नम्वर २ खरको छानामुक्त क्षेत्र अभियान अन्तिम चरणमा पुगेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको निर्वाचन क्षेत्रमा मन्त्री विष्ट र उनको प्यानलले पाँच बर्ष भित्र खरको छानामुक्त क्षेत्र बनाउने चुृनावी घोषणा पत्रमै उल्लेख गरेका थिए।
सोही अनुरुप सो क्षेत्रका सबै स्थानिय तह, प्रदेश र केन्द्र सरकारबाट रकम विनियोजित भई दुई बर्ष भित्र मै सो क्षेत्र खरको छानमुक्त क्षेत्र घोषणाको अन्तिम चरणमा पुगेको छ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालका अनुसार त्यस नगरका ६ वटा वडा सहित क्षेत्र नम्वर २ लाई खरको छानमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ।
मुसिकोट नगरपालिकामा त्यस अभियानको संयोजक रहेका वडाध्क्ष ओमबहादुर केसीका अनुसार त्यस नगरपालिकामा कुल ७ सय ५३ घरधुरी खरको छाना रहेकोमा २ सय १५ घरमा टिनको छाना लगाई सकिएको छ ।
ईस्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण महतका अनुसार ४ सय ६० घरधुरीमा टिनको छाना लगाई सकिएको छ ।गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको र असार मशान्त भित्रमा सकि सक्ने जानकारी दिए ।
मालिका गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीका अनुसार ४ सय ६५ घरधुरीमा टिनकोा छाना लगाईएको र आगमी एक बर्ष भित्रमा सो गाउँपालिका खरको छानामुक्त गाउँपालिका घोषणा भई सक्ने छ ।मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालका अनुसार २ सय ६२ घरधुरीमा टिनको छाना लगाई सकिएको छ ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले ४ सय ५१ घरधुरीमा टिनको छाना लगाई सकिएको र अब करिव सय घरधुरीमा यसै आर्थिक बर्ष भित्र सकिने जानकारी दिए ।
घरको छानामुक्त क्षेत्रका अलवा क्षेत्र नम्वर २ लाई मदिरा नियन्त्रण क्षेत्र पनि बनाउने अभियानमा त्यहाँका जनप्रतिनिधी लागेका छन । त्यस मध्ये धुर्कोट र ईस्मा गाउँपालिकाको उक्त अभियान प्रभावकारी देखिएको छ ।
मालिका गाउँपालिका प्रमुख रितबहादुृर थापाले सिलादीको उक्त स्थानबाट अन्यत्रै एकिकृत बस्ती विकास गर्ने गरि काम अगाडी बढेको बताए ।