२०७६ बैशाख २३ सोमबार बुटवल ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ लाग्दै छ भन्ने कुरा राष्टपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राखिएको मेरो सरकार भन्ने शब्दबाटै स्पष्ट भएको बताउनु भयो ।
ने. बि .संघ पक्लीहवा क्यामपसले आज आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै उहाले नेपाल सरकारलाई मेरो सरकार भन्न लगाएर राष्ट्रपतिलाई विवादमा तान्ने र गणतन्त्रलाई उपहास गर्ने काम गरेको आरोप लगाउनु भयो।
यो सरकारले जानाजान गरेको हो लोकतन्त्र र संघीयतालाई कमजोर बनाउने खेल प्रधानमन्त्री ओलीबाटै भएको छ नेता खाँणले भन्नुभयो ।
प्रमुख सचेतक खाँणले महत्वाकांक्षी, अस्पष्ट, अमूर्त र कामभन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रित भएर भाषण र सतहीरूपमा नीति तथा कार्यक्रम आएको बताउनु भयो ।