गुल्मीको मुसिकोट नगरपालिका ३ र ४ को सीमा क्षेत्रमा लागेको आगो अनियन्त्रीत बनेको छ । आगो अनियन्त्रीत बनेपछि बस्ती जोखिममा परेको छ ।
दिउँसो करिब २ बजेबाट सुरु भएको आगो अनियन्त्रीत बनेको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
वडा नम्बर ४ स्थित पाउखोला भन्दा माथी रहेको नाककाटे भीरबाट आगो सुरु भएको र धरमपानी, ढुँगेठाँटी, हर्लेखाली, थुम, मालारानी, बाँसपोखराका क्षेत्रमा गरी करिब ५ हेक्टर क्षेत्रफलमा आगलागी भइरहेको छ ।
आगो कसले किन लगायो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।
हावा चलिरहेको कारण आगो नियन्त्रणमा समस्या भइरहेकाले बस्ती जोखिममा परेको मेयर सापकोटाले बताउनुभयो ।
आगो निभाउनका लागि प्रहरी तथा स्थानीय क्लब, गाँउबासी, युवा, जनप्रतिनिधि खटीएका छन् भने नेपाली सेना पनि पुगिसकेको छ ।
आगो नियन्त्रणमा लिन मुसिकोट नगरपालिकाले राखेका दुइ वटा टँयाकंर पनि प्रयोग गरिएको छ । आगो नियन्त्रणमा खटिन मेयर सापकोटाले नजिक हुनुहुने सबैलाई आग्रह समेत गर्नुभएको छ ।वन कार्यालय गुल्मीमा पनि यस बिषयमा जानकारी गराइएको छ ।
यस अघि पनि बडाँगाउमा लागेको आगलागीले करिब ६० घर जलेका थिए भने एक जनाको मृत्यु भएको थियो ।गर्मी बढेकाले, हावाहुरि पनि चलिरहेकाले गुल्मीका धेरै ठाउमा छोटो अवधिमा धेरै आगलागि भएको छ ।
संसदमा वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको छ । ८६ दफा रहेको विधेयकमा विभिन्न प्रकारका वनसम्बन्धी व्यवस्था रहेको छ ।
विधेयकमा राष्ट्रिय वनभित्रको जग्गा दर्ता गरे वा गराएमा कसुरदारलाई ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने वा अतिक्रमण गर्नेलाई ५ बर्षसम्म कैद वा एक लाख रुपैयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यस्तै राष्ट्रिय वनमा आगो लगाउने वा आगोलागी हुन जाने काम गरेमा कसुर गर्नेलाई क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजायको व्यवस्था गरिएको छ ।