बिद्युत प्राधिकरणले बढेको पोल भाडा नतिर्नेहरुको तार काट्ने निर्णय गरेपछि इन्टरनेट र केवल सेवा प्रदायकहरु आन्दोलित भएका छन् ।
उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी बिद्युत प्राधिकरणले बढाएको पोल भाडा तिर्न नसक्ने दाबी गर्दै तार काटिए आफ्नो जिम्मेवारी नहुने बताएका छन् ।
बिद्युत प्राधिकरणले एकै पटक ५ सय प्रतिशतसम्म पोल भाडा वृद्धि गरेका कारण तिर्न नसकिने इन्टरनेट र केवल सेवा प्रदायकहरुले बताएका छन् । प्राधिकरणले तार काटे इन्टरनेट अवरुद्ध हुन्छ, त्यसको जिम्मा इन्टरनेट र केवल सेवा प्रदायकहरुले निलने बताए।
प्राधिकरणले गत भदौं देखि इन्टरनेट र केबल सेवा प्रदायकहरुले प्रयोग गर्ने आफ्नो पोल भाडा वृद्धि गरेको छ। प्राधिकरणको पूर्वाधार प्रयोग गरी अरुले धेरै आम्दानी गरे पनि प्राधिकरणलाई लाभ नभएको भन्दै भाडा बढाइएको प्राधिकरणले बतताएको छ। बढेको पोल भाडा नतिर्नेको तार काट्न मातहतका शाखाहरुलाई निर्देशन दिइएको बताइएको छ ।