तिलोत्तमा न पा रुपन्देही
नगर परिषदबाट विनियोजन गरिएको लक्षित बर्ग अन्तरगतको आदिवासी जनजाती समुहको बजेट आर्थिक बर्ष समाप्त हुँदा समेत नगरपालिकाले खर्च गर्न तर्फ ध्यान नदिएको भन्दै नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा आन्दोलनमा उत्रने भएको छ ।
नगरपालिका आफै र संघ संस्थाबाट समेत बजेट खर्च गर्न तर्फ नगरपालिकाले कुनै पनि ध्यान नदिई आफुहरुलाई बेवास्ता गरेको भन्दै महासंघले चरणबद्धरुपमा आन्दोलन गर्ने भएको हो ।
नगर परिषद्बाट विनियोजन भएको ४० लाख बजेट हाल सम्म पनि खर्च गर्न नसक्नु आफैमा विडम्बना भएको महासंघ तिलोत्तमा नगर समितिले जनाएको हो ।
शनिबार मणिग्राममा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघ नगर कमीटिका अध्यक्ष धनश्याम थापा शंकर ले नगरपालिकाले विनियोजीत बजेटमा नगरले बेवास्था गरेको बताउनुभयो । उहाँले विनियोजीत बजेट कुनै पनि लक्षित बर्गको संघ संस्था तथा स्वयम नगरपालिका ले नै रकम खर्च गर्न नसकेको बताउनुभयो ।
उहाले लक्षित बर्गको विनियोजीत बजेट विषयमा पटक पटक ज्ञापन पत्र समेत बुझाउदै समेत यसमा नगरका प्रमुख कार्यकारी अधिकृत लगायत ले वेवास्ता गरेको बताउनुभयो ।
महासंघ नगर समितिले २०७६ बैशाख २९ गते देखि जेठ ३ गते सम्म सरोकारवाला निकाय संग अन्तरक्रिया तथा छलफल गर्ने, जेठ ४ गते देखि ७ गते सम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना र विरोध सभा समेत गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । आफुहरुको माग सम्बोधन नभएमा नगरपालिकाका तालाबन्दी गर्न सम्मको कार्यक्रम तय गरिएको महासंघ नगर समिति अध्यक्ष गाहाले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकामा २०६८ को जनगणना अनुसार १ लाख ३ हजार जसंख्या रहेको छ । जसमा ५२ हजार आदिवासी जनजातीका जनसंख्या रहेको छ ।