शुक्रवार साँझ गुल्मीको सदरमुकाम तम्घासमा एक ट्राफिक प्रहरीले चालकमाथि हातपात गरेको आरोप लागेको छ ।
मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४ अर्खलेका ३२ वर्षीय रेमलाल बस्याललाई तम्घासको मिलनचोकस्थित सडकमा ट्राफिक प्रहरीले कुटपिट गरेको आरोप लागेको हो ।
बस्यालको लु ३३ प ५३९९ नम्बर मोटरसाइकलले तम्घासको मिलनचोकमा ठक्कर दिँदा इस्मा गाउँपालिका ४ ढाडा निवासी ७ वर्षकी सफलता जिसी सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
तम्घासको मिलनचोकमा मोटरसाइकलले ठक्कर दिएर घाइते बालिकालाई चालकले उपचारमा लैजान खोज्दै गरेको अबस्थामा वालिकाका बुवा अन्दाजी २९ वर्षिय शिवलाल जिसीले बस्याललाई कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।
कुटपिटबाट बस्यालको मुखमा चोट लागेको छ । मोटरसाइकलले ठक्कबाट घाइते वालिकाको अबस्था भने सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । बालिकाको गुल्मी अस्पतालमा समान्य उपचारपछि घर फर्किएकी छन् ।
कुटपिट गर्ने जिसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । उनका अनुसार बालिकालाई मोटरसाइकलले ठक्कर दिएर बालिका सामान्य घाइते भएकी र मोटरसाइकल चाललाई वालिकाको बुवाले कुटपिट गरेर घाइते बनाएकाले उपचारमा पठाइएको बताए ।
कुटपिट गर्ने स्याङजा जिल्ला प्रहरी कार्यालयमा प्रहरी जावन कार्यरत रहेको श्रोतले बताएको छ । उनि बिदामा घरमा आएको बताएको छ । आफन्तलेकुटपिट गर्ने जिसीलाई कारवाहीको माग गरेका छन् ।