गुल्मीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मदाने गाउँपालिका ५, मलागिरीका ३५ वर्षीय शित बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिनुभयो ।
भारतमा नोकरी गरेर प्यूठान हुँदै शुक्रबार राति घर फर्कँदै गरेका परियारको मदाने गाउँपालिका ५,डाँडापरिको भिरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ । परियारले शुक्रबार बेलुकी घरमा फोन गरेर आफू घर आउँदै गरेको जानकारी गराएका थिए
। शनिवार बिहानसम्म पनि उनी घरमा नआएपछि खोजतलास गर्दै जाँदा भिरमा उनको शव फेला परेको परिवारका सदस्य ले बताएका छन् ।