मञ्जुश्रीकको बारेमा ।
मञ्जुश्री बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बुद्ध थिए । यिनले नै प्राचिन समयमा काठमाडौं उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर वस्ति बसालेको किम्बदन्ति पाइन्छ ।
अहिले काठमाण्डौ उपत्यका भनिएतापनि यो ठाउँ केहि समय अघिसम्म पनि नेपाल खाल्डो कै रुपमा परिचित थियो । यसको उत्पतिको इतिहास नै नेपालको उत्पतिको इतिहास हो । स्वयम्भुपुराणको आधारमा मञ्जुश्रीसित सम्बन्धित किंवदन्ति अनुसार चीनबाट आएका महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले काटेर चोभारको गल्छी खोलेको वर्णन गरीएको छ ।
मञ्जुश्रीकको बारेमा पनि परस्परबिरोधि दाविहरु यथेष्ट छन । कसैले मञ्जुश्रीलाई बिक्रमशीला महाविहार हाल बङ्गालमा दिक्षित बौद्ध विद्वान मान्दछन भने कसैले मञ्जुश्री महाचीनया बिख्यात बिद्वान वेन शु पु शा हिमाल पारीका इलाकाको भ्रमण गर्दै नेपाल पुगेका हुन भनी मान्दछन ।
उनी एक ठूलो कामदार जत्थाको नेत्तृत्व गरी नेपाल छिरेका मानिस थिए र उनको अगुवाइमा चोभारको कमजोर पहरा पहिचान गरी त्यसलाई फोडेर पानी सुकाउने अभियान सार्थक भयो ।
उनी चीनबाट झरेका एक तान्त्रीक थिए उनी सित अत्यधिक शक्तिशाली तान्त्रिक विद्या थियो । तन्त्रमा विश्वास गर्नेहरु मञ्जुश्रीसित शायद चट्याङको नियोजित प्रयोग गर्न सक्ने तन्त्र विद्या थियो । अथवा चट्याङको भविष्यवाणी गर्न सक्ने क्षमता थियो । कतिपय लामा बजुहरु चट्याङ पार्ने, पानी पार्ने चमत्कार गराउन सक्छन भन्ने कुरा यद्यपि सुनिन्छ । पामलस् भनिने एक विशिष्ट चट्याङ छ, जसले जुन क्षेत्रमा हान्यो त्यो ठाउँमा खड्गले काटे झै माथिबाट सिधा तल सोझो चिरा पार्ने क्षमता राख्छ । पामलस् कसरी पर्छ भन्ने अनुसन्धान अपुरो छ, तर पामलस्ले कसरी त्यस्तो चिरा पार्छ भन्ने अध्ययन भएको छ । मञ्जुश्री सित त्यस्तो प्रभावशाली विद्या रहेको भए, उनले त्यो बिद्या प्रयोग गरी चोभारको गल्छी खोलेको हुन सक्छ । पुराणको उल्लेख भए अनुसार उनले तीन फेरा स्वयम्भुको चक्कर लगाएर साधना गरेको भन्ने बुझिन्छ, जस अनुसार कुन ठाउँमा चट्याङ बज्रयो भने अपेक्षित नतीजा निस्किएला भनेर मञ्जुश्रीले अध्ययन गरेको र त्यसपछि तान्त्रिक साधना गरेर चट्याङ पारेको भन्ने बुझ्न सकिन्छ ।