बैशाख ३० – श्रीलंकामा पुनः सामाजिक सञ्जाल बन्द गरिएको छ। मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, इन्स्टाग्राम, युटुब, भाइबर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।
आइतबार क्रिश्चियनको बाहुल्यता रहेको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।
गत वैशाख ८ गते श्रीलकामा भएको आत्मघाती हमलामा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो।