प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भियतनाम भ्रमण सकेर सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ।
भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही वैशाख २६ गते भियतनाम पुग्नुभएको थियो ।
प्रधानमन्त्रीका साथ उहाको नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध भएको करिब चार दशक भएको छ। यति लामो सम्बन्ध भए पनि प्रधानमन्त्री स्तरीय भ्रमण नेपालले पहिलो पटक गरेको छ।