अर्घाखाँची बैशाख ३१ , २०७६
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक पत्रकारिताकै घाटी निमोठ्ने नियतले आएको भन्दै अर्घाखाँचीका पत्रकारहरुले बिरोध जनाएका छन ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन अर्घाखाँचीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा राष्ट्रिय सभाका अध्यक्षलाइ निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासे मार्फत ज्ञापनपत्र बुझाएको हो । युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।
समाचार लेखेकै भरमा सरकारले पत्रकारहरुलाई कानुनी कठघरामा उभ्याउने दुस्प्रयास गरेको भन्दै पत्रकार आन्दोलित बनेको प्रेस युनियनका नेता तथा पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले बताउनु भयो ।
पत्रकारहरुको अधिकार कुण्डीत गर्दै आम नागरिकको सुचनाको हक माथि वन्देज लगाउने प्रयास गरेको, प्रेस काउन्सिल रहदा पनि मिाडया काउन्सिलको नाममा सरकारले स्वतन्त्र पत्रकारिता माथि हस्तक्षेप गरेको युनियनको ठहर छ ।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले सम्बन्धित निकायसम्म आजै पठाउने बताउनु भयो ।
यनियनका जिल्ला सचिब विष्णु खनालद्धारा हस्ताक्षरीत विज्ञप्ती बुझाउन प्रेस युनियनका केन्द्रिय पार्षद प्रेमनारायण आचार्य, अशोक पौडेल, लक्ष्मण घिमिरे, प्रदेस पार्षद सुरज रायमाझि, जिल्ला सदस्य बिक्रम पाण्डे लगायतको टोली जिल्ला प्रशासन पुगेको थियो ।