अनिल खत्री
१ जेठ, गुल्मी – गुल्मी सदरमुकाम तम्घास बजारमा पक्कीबाटो भत्कीदै जान थालेपछी मर्मत थालिएको छ । रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम तम्घास बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीदै गएपछि बजारमा दैनिक जसो सवारी साधन र पदैल यात्रीले शास्ती खेप्दै आएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको हो । रेसुङ्गा नगरपालिकाले शहरी कार्यालयबाट र केहि नगरपालिकाको गरि ७ करोड रुपैयाँको लागतमा तम्घास बजार भित्र मर्मत गर्न लागिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले बताउनु भयो ।
मर्मत अन्र्तगत बजार भित्र जिर्ण भत्कीएक सडकहरु पक्की गर्ने नाली बनाउने काम सुरु नगर प्रमुख भुसालले बताए । उहाले तम्घास बजारमा नाली राम्रो नहुँदा वर्षातको समयमा पैदल हिडनेलाई समेत कठिनाई भएपछि नगरपालिकाको बजेटले काम गर्न नसकेपछि केन्द्रिय बजेट ल्याएर काम सुरु गरिएको बताउनु भयो ।

नगरपालिकाले असार मसान्त भन्दा पनि जेठमै नगरपालिका भित्रका योजनाहरु सक्नेगरि काम गरिएको नगर प्रमुख भुसालले दावि गनुभयो ।
तम्घास बजारको चिदिचौर गुल्मी अस्पताल नजिकैको झण्डै २ सय मिटर सडक पक्की नहुदा आवत–जावत गर्नलाई शास्ती पर्दै आएको छ ।
सडक पक्की नभएको प्रति चौतर्फी आवाज उठेपछि रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा पक्की गर्न बाँकी सडकलाई उच्च प्रथामिकता दिएर काम अगाडी बढाएको हो । केहि दिन अघिबाट बजारका बिभिन्न क्षेत्रमा पक्की गरेर भत्कीएको ठाउँमा पुनः पक्की गर्न र पक्की गर्न बाकी रहेका सडकहरुलाई कालोपत्रे गर्न सुरु गरिएको नगरप्रमुख बताउनु भयो ।
तम्घास बजारमा घर छेउमा बनाइएका नालीहरु व्यवस्थित नहुँदा वर्षातमा ठूलो पानीे पर्दा भरिएर बजारमै समस्या पर्ने खालका समस्याहरु स्थानियले झेल्दै आएका छन् । त्यस्ता ठाउँमा पनि नगरपालिकाले मर्मत कार्य अगाडी बढाएको छ ।

अघिलो वर्ष नगरपालिकाले बजार क्षेत्रको दिनढुंगा देखि बसपार्क सम्मको सडक मर्मत गरेको थियो । बजेट अभावका कारण देखाउदै अन्य ठाउँमा मर्मत कार्य रोकिएको थियो ।