बागलुङ जेठ २
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बागलुङको गलकोट नगरपालिका ७ मल्ममा भव्य स्वागत गरिएको छ ।
सामाजिक संस्था घुम्टे युवा परिवार मल्मले मुख्य मन्त्री गुरुङलाई गलकोट आएको अवसरमा स्वागत तथा भेटघाट गरिएको हो ।
संस्थाको कार्यालय सप्ताहघाटमा फुल माला अविर तथा दोसल्ला ओडाई स्वागत तथा सम्मान गरिएको संस्थाका उपाध्यक्ष जीवन साहानीले जानकारी दिनुभयो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी, संस्थाका पदाधिकारीहरु, महिला समुहहरु घुम्टे प्रगति कृषक समुह, मुलपानी सप्ताहघाट महिला समुह, मिलिजुली महिला समुह, स्थानिय समाजसेवी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
सो अवसरमा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मल्म पाण्डवखानी, रमुवा, खोलाखर्क हुॅदै पर्यटकीय स्थल ढोरपाटन जोडने पर्यटकीय तथा कृषि सडकको स्तरोन्नति सॅगै कालोपत्रे गर्ने र घुम्टे युवा परिवारको आयोजनामा मल्ममा निर्माण हुन लागेको नगर स्तरको सभा हलको लागि गण्डकी प्रदेशको तर्फबाट आवश्यक बजेट विनियोजन गरिदिन माग पत्र प्रस्तुत गर्नुभएको थियो ।
माग पत्र ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मल्म पाण्डवखानी सडकको स्तरोन्नती तथा कालोपत्रे र सभा हल निर्माणमा आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनु भएको छ । स्वागत तथा भेटघाट कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष थम्मन थापा सन्देशले मुख्य मन्त्री गुरुङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा बागलुङ क्षेत्र नं २ का संघिय सांसद देबेन्द्र पौडेल, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, चन्द्र बुढा सागर लगायतको आतिथ्यता रहेको थियो ।