गुल्मी, २ जेठ,
गुल्मीमा विद्युत आउने जाने समस्याले उपभोक्ता सास्ती खेप्न बाध्य भएका छन । । कम भोल्टेजका कारण विद्युत आपूर्तिमा समस्या आएकाले उपभोक्ताले सास्ती व्यहोर्नु परेको हो ।
अहिले तम्घासको उनायचौरमा १३२ केभीए लाइनको बिस्तारका लागि टेन्डर भइ सम्झौता भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताउनुभयो ।
आपूर्ति सहज र नियमित बनाउनका लागि १३२ केभीए लाइन बिस्तारको काम सुरु भए पनि २ वर्षपछि मात्रै काम सम्पन्न हुने उहाले बताउनुभएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनायचौरमा र मुसिकोट नगरपालिकाको पौदी अमराइमा सब स्टेशनको लागि प्रक्रिया अघि पनि उहाले जानकारी दिनुभयो ।
१३२ केभी लाइनको सवस्टेशन बनेपछि कपिलवस्तुबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर पौदी अमराई हुँदै बाग्लुङ लगिने छ ।
लामो दुरीबाट बिधुत ल्याउनु पर्ने बाध्यता र ठाउँ ठाउँमा आउने अबरोध र हावाहुरीका कारण पनि समस्या हुदै आएको प्रमुख अर्यालको भनाई छ । गुल्मी सदरमुकाम तम्घासमा बुटवलको योगिकुटीबाट चौराहा, चौराहाबाट पाल्पा, पाल्पाबाट रिडी, रिडीबाट बिरवास र बिरवास हुँदै विद्युत लाइन आउँछ ।
यो २६५ किलोमिटरको दूरी हो ।
गुल्मी कालिगण्डकी प्रभाबित क्षेत्र भएकोले लोडसेडिङ्ग नगर्ने सहमति पनि भएको थियो । अन्य दुईवटा हाइड्रो पावर हाउसबाट पनि बिद्युत निकालिएको छ । तर, विद्युत नियमित हुन सकेको छैन ।