चार बर्ष अघि हराएकि छत्रकोट गाउँपालिका गुल्मीकी एक महिला लाई भारतिय एक संस्थाले घरमै पुगि परिवारको जिम्मा लगाएको छ ।
छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोट सेलफुक निवासी ३७ बर्षिय यमकला भनिने उषा राना मानसिक सन्तुलन गुमाई घर बाट हराई, भारतको चेन्नई पुगेकी रानालाई स्थानिय सामाजिक संस्था श्रद्धा फाउन्डेसनले फेलापारिे माईतिको जिम्मा लगाईएको हो ।
श्रद्धा फाउन्डेसनले उषा रानाको आई एम एच अस्पतालमा उपचार गराई निको भए पछि उनका माईतिको जिम्मा लगाईएको हो ।
फाउन्डेसनका प्रतिनिधि अशोक चौैधरी , सरिता देशमुख , श्रृङ्गा प्रहरि चौकी प्रमुख हरिकिसन पुन , वडा अध्यक्ष रुक बहादुर राकसकोटी लगायत स्थानियको रोहबरमा, राना बाबा घन बहादुर पचभईयाको जिम्मा लगाईएको थियोे ।
अस्पतालमा उपचार गराई निको भए पछि उषा रानाले आफ्नो ठेगाना बताए पछि फाउन्डेसनका प्रतिनिधिले उनलाई घर सम्म पुर्याएको हो ।
उषा रानाको स्वास्थ्य सामान्य बन्दै गएको छ । हाल उनले दैनिक औषधि सेवन गरिरहेकि छन उनलाई औषधिको व्यवस्था २/ २ महिनामा श्रद्धा फाउन्डेसनले हुलाक मार्फत पठाउने व्यवस्था गरेको छ ।
सामान्य परिवारकी रानाको उद्दार गरेर उपचार गरि दैनिक सेवन गर्ने औषधि समेत व्यवस्था मिलाई घरमै आई परिवारको जिम्मा लगाएकोमा, चेन्नइमा रहेको श्रद्धा फाउन्डेसनलाई, छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोट वडा अध्यक्ष रुक बहादुर राकसकोटीले आभार प्रकट गर्दै धन्यबाद दिनु भएको थियो ।