गुल्मी २०७६ जेठ ३
गुल्मीदरबार गाउँपालिकामा आफ्नै २ महिनाकि छोरीको हत्या आरोपमा एक महिलालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
गुल्मीदरबार गाउँपालिकामा वडा नम्बर ४ बिरबास बाख्रे बस्ने ३५ बर्षिय जमुना बिकलाई आफ्नै २ महिनाकि छोरी बिष्णु बिकको हत्या गरेको आरोपमा प्रहरिले नियन्त्रणमा लिएको हो ।
श्रृङ्गा प्रहरि चौकीका प्रमुख हरिकिसन पुनको टोलिले गए राती घटना स्थल पुगि जमुना बिकलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरि कार्यालय तम्घास पठाएको हो ।
मानसिक रोगको औषधि सेवन गर्दै आएकि जमुना बिक गर्भवती भए पछि औषधि सेवन गर्न छोडेको र बेलाबखत अफ्नै श्रीमान ओम बहादुर बिक लाई समेत आक्रमण गर्ने गरेको ओम बहादुर बिकले प्रहरिलाई जानकारि दिए ।
बालिकाको कान नजिक टाउकोमा चोट देखिएको नाक बाट रगत बगेको देखिएको अनुसन्धानमा रहेको प्रहरिले बताएको छ ।