तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाले पर्यटक बढाउन बुटवल बेलहिया छ लेन सडक अन्र्तगत योगिकुटीदेखि मणिग्रामसम्म बुद्ध मूर्ति राखेको छ ।
प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन र तिलोत्तमा नगरलाई पर्यटनमैत्री बनाउन बैशाख १ गते योगिकुटीबाट बुद्धमुर्ति राख्ने अभियानको शुभारम्भ गरीएको थियो ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बैशाख १ गते योगिकुटीमा एउटा बुद्धमूर्तिको अनावरण गरी शुभारम्भ गरीएकोमा योगिकुटीदेखि मणिग्राम कफि कम्पनीसम्म दुर्य दुई सय मिटरो दुरीमा २२ वटा बुद्धमूर्ति स्थापना गरी आज बुद्धपूर्णिमाका दिन सबै बुद्धमूर्ति अनावरण गरीएको छ ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेबि चौधरीले आज सबै बुद्धमूर्तिको अनावरण गर्नु भएको छ । अनावरण पश्चात बोल्दै उपप्रमुख चौधरीले लुम्विनी नजिकै रहेको तिलोत्तमालाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गमा बुद्धमूर्ति राख्ने कार्य सरु गरेको बताउनु भयो । उहाले तिलोत्तमामा पर्यटनको सम्भावना बोकेका सबै ठाउको प्रचार प्रसार र बिकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेर आगामी दिनमा योजना बनाई बजेट बिनीयाृजन गर्ने बताउनु भयो ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बुद्धले लुम्बिनीमा जन्मेर विश्वभर शान्तिको सन्देश प्रवाह गरेकाले यसको प्रचारमा सहयोग पुगोस् भन्नका लागि पनि नगरपालिकाले यो अभियान सुरु गरेको बताउनुभयो ।
सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकखण्ड २४ किलोमिटर रहेको छ । यो छ लेन सडकमा सबैभन्दा धेरै ११ किलोमिटर क्षेत्रफल तिलोत्तमा नगरपालिकामा पर्दछ ।
यस वर्ष बाकी रहेको क्षेत्रमा तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा बुद्धमूर्ति राख्ने योजना बनाएको छ ।
तिलोत्तमा नगरपालिकाले सडकको बिचमा बुद्धमूर्ति राखेपछी सिद्धार्थनगर नगरपालिकाले पनि यस्तै अभियान सुरु गरेको छ ।