धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
पाँचजनाको घटनास्थलमा र चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी रहेका छन् ।
मृत्यु भएका अन्य ५ जनाको सनाखत हुन सकेको छैन । झापाको काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेकोे ना ७ ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो ।