गुल्मी, जेठ १० – गुल्मीमा गाउँमै मेसिनबाट ब्रोईलर कुखुराको चल्ला उत्पादन गर्न थालिएको छ । सत्यवती गाउँपालिका द्वारा जिल्लामै पहिलोपटक नँया कार्यको थालनी गरिएको हो ।
इन्कुवेटर मेसिन मार्फत गाउँमै चल्ला उत्पादन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । स्थानीय किसानलाई आधुनिक तरिकाले कृषि कर्म गर्न प्रोत्साहन गर्दै गाउँलाई अन्डा तथा कुखुराको मासुमा पनि आत्मनिर्भर बनाउने उदेश्यले नयाँ प्रयोग थालिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।
करीब पाँच लाख रुपैँयामा खरिद गरिएको इन्कुवेटरबाट चल्ला उत्पादन थालएपछी गाउँपालिका कुखुरापालकहरु पनि उत्साहित भएका छन् । मेशिनबाट एकपटकमा ६ सय चल्ला उत्पादन गर्न सकिने पनि गाउँपालिकाले जनाएको छ । अण्डाबाट चल्ला तयार पार्न २१ दिन लाग्ने गर्दछ ।
पहिलो पटक किसानले दिएका ४०० अन्डाबाट २१० वटा चल्ला निस्किएको बताईएको छ ।