बुटवल ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीलेअहिलेको दुई तिहाईको केपी ओली नेतृत्वको सरकारलाई फ्युज उडेको बत्तिसंग तुलना गर्नु भएको छ ।
काँग्रेस बुटवल उपमहानगर समितिको जागरण अभियानलाइ हिजाे बुटवलको देबिनगरमा सम्बोधन गर्दै नेता भण्डारीले फ्युज उडीसकेको सरकारले देश र जनताको हितमा केही गर्न सक्दैन भन्नुभयो ।
रेल,पानीजहाज र घरघरमा ग्यास पाइपलाइन पुरयाउछु भन्ने सरकारले अहिले सडकमै जहाज अवतरणका कुरा गरेर जनता झुक्काइरहेको दावी काँग्रेस केन्द्रिय सदस्य भण्डारीले गर्नुभयो ।
‘काँग्रेसले सुरु गरेका योजना र कार्यक्रम बाहेक ओली सरकारले अहिले सम्म कुनैपनि नयाँ र प्रभावकारी योजना ल्याएको छैन’ उहाले भन्नुभयो । जनता झुक्काउने फिल्म चल्न छोडेपछि पोलपोलबाट नीमर्लाको पोष्टर हटाएर प्रम ओलीकै पोष्टर टाँसीएको टिप्पणी गर्नुभयो । निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरीरहेको दावी पनि उहाले गर्नुभयो ।
‘अब न जनताले ओलीको बोली पत्याउछन न यीनका फिल्म चल्छ’ नेता भण्डारीले भन्नुभयो । भष्ट्राचार, हत्याहिंसा, कर बृद्धि, महंगी जस्ता कुराबाट आजित जनताले सरकारको बिकल्प खोज्न सुरु गरीसकेको उहाको भनाइ थियो ।
‘हिजो राष्ट्रबादका नाममा हिन्दि फिल्म हेर्न रोक लगाउने कम्युनिष्ट दलालहरु आज नागरिकता बेचेर राष्ट्रलाइ धोका दिइरहेका छन’ नेता भण्डारीले भन्नुभयो ।
सरकारका यस्तै क्रियाकलापको बिरुद्ध काँग्रेस एक भएर राष्ट्रियता,लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाकालागि अगाडी बढेको नेता भण्डारीले भन्नुभयो ।
कार्यक्रममा जागरण अभियानका रुपन्देही प्रतिनिधि नेता डिल्ली चौधरीले अभियानले नेता कार्यकर्तालाइ एउटै सुत्रमा बाँधेको बताउनु भयो ।
रुपन्देही काँग्रेसका उपसभापती फणिन्द्र शर्मा, राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, महासमिति सदस्य युवराज गीरी,प्रदेश सभासद रमा अर्याल, नगर सभापती खेलराज पाण्डे, बिमलराज भट्टराइ लगायतले बुटवलको सुकुम्बासी जग्गा र ललीता निवासको सरकारी जग्गा किनबेचमा संलग्न बुटवलका निर्वाचित सांसद बिष्णु पौडेललाइ सरकारकाले कारबाही गर्नुपर्नेमा जोड दिनुभएको थियो । बुटवलबाटै काँग्रेस एकताको शन्देश दिनेगरी अयिभान सुरु भएको पनि बताउनु भयो ।
जागरण अभियानका क्रममा सहभागि स्थानीय नेता कार्यकर्ताहरुले पार्टी केन्द्रका नेताको मन र बोली एउटै नभएसम्म जस्तासुकै अभियान र कार्यक्रम गरेपनि पार्टी बलियो हन नसक्ने बताएका थिए ।