अनिल खत्री गुल्मी ।
गुल्मीमा जिल्ला प्रहरीले मुदाय प्रहरी साझेदारी कार्यक्रमलाई टोलटोलमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको सक्रियतामा प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक मिनबहादुर घले, प्रहरी निरिक्षक रबिन्द्र खड्का सहितको टोलिले जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर.३ स्थित भाडगाँउ मा.बिमा कार्यक्रम गरेको हो ।
भाडगाँउ मा.बि. भाडगाँउमा कक्षा ९ र १० का बिद्यार्थि , शिक्षक शिक्षिका, अभिभाबक र बिद्यालय संचालक समितिका पदाधिकारीसंग समुदाय प्रहरी साझेदारी अन्तरगत लागुऔषध सम्बन्धि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव उपरिक्षक कुँवरले लागुऔषध सम्बन्धि बिषयमा जानकारी गराएका थिए ।
स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्र्यसनिमा फस्न नदिन सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । प्रहरी नायव उपरिक्षक कुँवर र घलेले लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुलाई आधारभुत सुरक्षा र साईबर क्राईम सम्बन्धि बिषयमा प्रहरी निरिक्षक रबिन्द्र बहादुर खड्काले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण प्रहरी निरिक्षक खड्काले बढदो सामाजिक संजाल प्रयोगमा बिशेष ध्यान दिएर चलाउनु पर्ने बताएका थिए ।
उनले समाजिक संजालको दुरुपयोगले साइबर अपराधका घटनाहरु बढेकाले त्यसको सहि सदुपयोग गर्नुपर्नेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । उनले साइबर अपराध भए कानुनी दण्ड सजाए जस्ता बारेमा जानकारी गराएका थिए ।
यस अघि प्र्रहरी प्रधान कार्यालयबाट प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूलाई समुदाय प्रहरी साझेदारी को अवधारणा, उद्देश्य र महत्वबारे अनुशिक्षण प्रदान गरेका थिए ।