अर्घाखाँची ।
अर्धाखाचीको शितगंगा नगरपालिकाको वडा नम्वर १० सिद्धारामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र शितगंगा नगरपालिकाको सहआयोजनामा एकीकृत घुिम् शिविर सम्पन्न भएको छ ।
जनजागृति माध्यमिक बिद्यालय बोखोरमा आज र हिजो एकीकृत घुिम्त सेबा शिविर भएको हो । हिजो शनिवार एक दिनका लागि शिबिर आयोजना गरीएकोमा स्थानीयको घुइचो बढे पछी आजपनि शिबिर सञ्चालन गरीएको थियो ।
शिविरमा ४ सय ८३ जना सेबाग्राहीहरुले नागरिकता प्राप्त गरेका छन् । ३ सय ७४ ले मतदाता परिचयपत्र, ५९ जनाले जेष्ठनागरीक प्रमाणपत्र र १५ जनाले अपाङ्गता परीचयपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।
१ हजार ७ सय भन्दा बढी सेबाग्राहीले प्रत्यक्षरुपमा सेबा लिएको शिबिरमा, बिपन्न र असाहय परिवार बढि लाभान्वित भएको शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एकीकृत घुम्ती सेबा शिविर मार्फत जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र बितरण, निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नाम दर्ता , शितगंगा नगरपालीकाले जेष्ठनागरीक र अपाङ्गता परीचयपत्र बितरण, अर्घाखाँची अस्पताल,स्वास्थ्य कार्यालय, आयुर्वेद अस्पताल र आँखा उपचार केन्द्रबाट स्वास्थ्य परिक्षण एवं आँखा परीक्षण तथा निशुल्क औषधी वितरण, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटुको परीक्षण, ईसीजी र ब्लडसुगर जाँच, डिभिजन बन कार्यालयले मानब बन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागी सचेतना कार्यक्रम एवं बन डढेलो न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम लगायतका बिभिन्न सेबाहरु उपलब्ध गराएको नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले जानकारी दिनु भयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्तीकरणी, सामाजिक तथा साईबर अपराध एवं सवारी दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सेबा सुबिधाहरु प्रदान गरीएको प्रहरी नायब उपरीक्षक नबराज मल्लले बताउनु भयो ।
शिबिरमा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषीबहादुर पुलामी,सितगंगा नगरपालीकाका प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका बहादुर रेश्मी,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,सहायक प्रजिअ बिष्णुराज बेल्बासे,प्रहरी नायक उपरीक्षक नबराज मल्ल,शसस्त्र प्रहरी बलका डिएसपि गोपाल श्रेष्ठ,सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी,स्थानीय वडाका जनप्रतिनिधि,सरकारी कार्यालयका प्रतिनिधि ,स्थानीय बुद्धिजिबि,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।